अदालतमा गोरेले पहिलो दिनको बयानमा के भने ?

काठमाडौं, जेष्ठ ९ । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त  भनिएका चूडामणि उप्रेती गोरेको बुधबारको बयान सकिएको छ।

मंगलवार विहान काठमाडौंबाट पक्राउ परेका गोरेको बुधवारबाट जिल्ला अदालत मोरङमा बयान भएको छ । जिल्ला अदालत, मोरङमा बुधबार करिब साढे ५ घण्टासम्म उनको बयान लिइएको हो ।

पहिलो दिनको गोरेसंगको बयान पृष्ठभुमिमा मात्रै केन्द्रित भएको अदालत श्रोतले जनाएको छ । उनले सिन्धुली पुग्दासम्मको विवरण बताएका छन् ।

जिल्ला अदालत मोरंगमा जारी बयानका क्रममा गोरेले आफुलाई ज्यानको खतरा रहेको भन्दै जीवनरक्षाका लागि आग्रह गरेका छन्।
अदालतका अधिकारीले गोरेले दिएको बयानको ५ पन्ने विवरण उतारेका छन् । गोरेको बाँकी बयान विहिबार पनि जारी रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =