जिल्ला शिक्षा अधिकारी सुबेदी ५० हजार घुससहित पक्राउ
२०७४ जेठ १५ गते

“
धरान जेष्ठ ९ । सुनसरीका जिल्ला शिक्षा समन्वय अधिकारी खगेन्द्र सुवेदी घुससहित पक्राउ परेका छन ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान इकाई कार्यालय इटहरीले ५० हजार घुस लिएको आरोपमा पक्राउ गरेको हो । आज (बुधवार) विहान सुवेदीलाई पक्राउ गरी अख्तियारको नियन्त्रणमा राखिएको छ ।
सुनसरीको कोशी गाउँपालिकाको भन्टाबारीस्थित एक आधारभूत विद्यालयमा शौचालय र पर्खाल बनाउने योजना उपलब्ध गराउन ५० हजार घुस लिएकोले पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान अयोग ईटहरीका प्रमुख प्रदिप कोईरालाले जानकारी दिएका छन् ।
सुबेदीले योजना पारिदिने भन्दै लामो समय देखि पैसा मागेको र उनीहरुले ५० हजार दिएका थिए । प्रक्राउ परेका सुबेदीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








