मन्त्री पण्डितको सम्पत्तिका नाममा एक थान पुरानो साइकल मात्र !

काठमाडौँ, जेठ ९ । मन्त्रीपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक गर्दा संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ ।

उनले कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सवारी साधानका नाममा एक थान पुरानो साइकल रहेको पाइएको हो ।

उनको सम्पत्ति विवरणमा विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ । ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको छ ।

साथै उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =