नेपाल कम्युनिष्ट पार्टीले केन्द्रिय समितिमा पुर्याउन सकेनन् ३३ प्रतिशत महिला

काठमाडौँ, जेठ ९ । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रिय समितिमा एक तिहाइ महिला पुर्याउन असफल भएको देखिएको छ । मंगलबार सार्वजनिक गरिएको केन्द्रिय सदस्यको नामावलीबाट एक तिहाइ महिला पुर्याउन असफल भएको देखिएको हो ।

हिजो सार्वजनिक गरिएको ४४१ सदस्यीय केन्द्रीय सदस्यमा जम्मा ७७ जनामात्र महिला रहेका छन् । यो संख्या एकतिहाइको आधा संख्या मात्र भएका कारण अब नेपाल कम्युनिष्ट पार्टीको दर्ता प्रक्रिया नै अन्योलमा परेको देखिन्छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा १५ को ४ मा ‘दलको सबै तहको समितिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्ने’ व्यवस्था रहेको छ ।

पार्टीको केन्द्रीय समितिमा एक तिहाइ महिला नपुगेकोमा पार्टी भित्रैबाट असन्तुष्टि व्यक्त सुरु हुन् थालेको छ ।

४४१ सदस्यीय नेकपाको केन्द्रीय समितिमा ७७ जना महिला छन् । तत्कालीन नेकपा एमालेका तर्फबाट ३४ जना महिला केन्द्रीय सदस्य बनेका छन् । बाँकी ४३ भने तत्कालीन नेकपा माओवादीका तर्फबाट केन्द्रीय सदस्य भएका हुन् । एमाले र मओवादी केन्द्रको भागबण्डामा एमालेले २४१ र माओवादी केन्द्रले २०० केन्द्रीय सदस्य पाएको थियो ।

नेकपाले केन्द्रीय सदस्यको नामावली टुङ्गो लगाएर सार्वजनिक गरेपनि निर्वाचन आयोगमा भने अहिलेसम्म नबुझाएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =