“न्यायधीस शर्माको इजलासमा सुन प्रकरणका नाइके “”गोरे”” को बयान शुरु”
२०७४ जेठ १५ गते

“
काठमाडौँ, जेठ ९ । साढे ३३ किलो सुन प्रकरणका मुख्य नाइके गोरेको बयान शुरु भएको छ । ३३ किलो सुन काण्ड बाट अनुसन्धान शुरु भई करिब ३८ क्वीन्टल पुगेको सुन तस्करी प्रकरणका मुख्य व्यवस्थापक तथा गोल्ड डन चुडामणि उप्रेती ‘गोरे’ को नारायण शर्माको इजलासमा बयान सुरु भएको हो ।
जिल्ला अदालत, मोरङमा बुधबार दिउँसोबाट गोरेको बयान सुरु गरिएको हो । उनले न्यायाधीश नारायण शर्माको इजलासमा बयान दिइरहेको अदालतले जनाएको छ ।
उनको बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । गोल्ड डन गोरे बुधबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका थिए ।
उनलाई गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेर अदालतमा पेश गरिएको थियो ।
यसअघि मंगलबार मात्रै प्रकरणका ३० अभियुक्त मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








