यी दुई नेपाली हवाई एयरलाइन्सः जसको हवाई भाडा विश्वकै महंगो, सस्तोको सूचीमा कुन ?

“
काठमाडौँ, जेठ ९ । मेलबर्नको एक कम्पनी नेपाली एयरलाइन्सको हवाई भाडा विश्वकै महंगो रहेको जनाएको छ । मेलबर्नको ग्लोबल ट्राभल सर्च कम्पनी रोमेटुनेपालको आन्तरिक उडानतर्फको हवाई भाडा विश्वकै सबैभन्दा महंगो देखिएको जनाएको हो ।
मेलबर्नको ग्लोबल ट्राभल सर्च कम्पनी रोमेटुरीओले गरेको एक अध्ययनमा प्रतिकिलोमिटरका हिसाबले नेपालका एयरलाइन्सहरू यति र बुद्धले लिएको भाडा सबैभन्दा महंंगो र अष्ट्रेलियाको टाइगर एयर सबैभन्दा सस्तो देखिएको हो ।
रोमेटुरीओका अनुसार यति एयरलाइन्सले प्रतिकिलोमिटर १.०८ अमेरीकन डलर र बुद्ध एयरले प्रतिकिलोमिटर १.१८ अमेरीकन डलर बराबरको भाडा लिएको छ ।
विश्वमा सबैभन्दा कम पैसामा उडान गराउने बिमान कम्पनीहरुको सूचीमा भने अष्ट्रेलियाको टाइगर एयर अग्रस्थानमा देखिएको छ । टाइगर एयरले प्रतिकिलोमिटर ०.०६ अमेरिकन डलरमा उडान गराईरहेको छ ।
यसपछि सस्तोमा उडान गराउने बिमान कम्पनीहरुको दोस्रो सूचीमा रहेको मलेसियाको एयर एसिया एक्सले प्रतिकिलोमिटर ०.०७ मा उडान गराइरहेको छ । इन्डानेसियाको एअर एसियाले भने प्रतिकिलोमिटर ०.०८ अमेरीकन डलरमा सेवा दिइरहेको छ ।
“








