सुनसरी: जिशिअ खगेन्द्र सुेवदी घुस लिंदालिंदै पक्राउ

सुनसरी, जेठ ९ ।  सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुेवदी घुस लिंदालिंदै पक्राउ परेका छन् ।

जिल्लाको श्री आधारभूत माध्यमिक विद्यालय भण्टाबारीको भवन निर्माणमा भ्रष्टाचार भएको र त्यसलाई मिलाइदिने भन्दै ५० हजार घुस लिइरहेका बेला सुवेदीलाई जिल्ला शिक्षा कार्यालयको क्वाटरबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुनसरीले जनाएको छ ।

सुवेदीसँग घुस लिदै गरेको ५० हजार रुपैया पनि बरामद भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *