आजका विभिन्न पत्रपत्रिकामा छापिएका समपादकीय यस्ता छन्

काठमाडौं, जेठ ९ ।  सरकारले आगामी आर्थिक बर्ष २०७५÷०७६ लाई समृद्धिको बर्ष घोषणा गर्दै त्यसअनुसारको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ ।  संविधानमा उल्लेखित समाजवाद उन्मुख नीतिको लक्ष्य लिएर समृद्ध नेपाल र सुखी नेपाली बनाउन प्रतिवद्ध रहेको सरकारी दावी छ, आजको नागरिक दैनिकले ‘समृद्धिको आधार’ शिर्षकमा सम्पदाकीय लेखेको छ ।

त्यस्तै, देशको आयात—निर्यात व्यापारले सीमाक्षेत्र भोग्नुपरेका समस्या पुनाः बल्झन थालेका छन् ।  भन्सार विभागको विवरणअनुसार अहिले भारतसँगको झन्डै १८ सय किलोमिटरको सीमामध्ये २० वटा प्रमुख भन्सार नाकाबाट आयात निर्यातको कारोवार हुँदै आएको छ ।

नेपाल भारतबीच हुने व्यापार तथा लगानीसम्बन्धी अवरोध हटाउनका लागि सरकारी र निजी दुवै स्तरमा फरक फरक संयन्त्र छन्, भन्दै आजको कारोवर दैनिकले ‘सीमा नाकाहरुका समस्या समाधान गर’ शिर्षकमा सम्पादकीय लेखेको छ ।

त्यस्तै,लामो सयमपछि बनेको दुई तिहाईभन्दा बढीको समर्थन प्राप्त सरकारले ल्याएको नीति तथा कार्यक्रमको कार्यन्वयन कसरी होला, त्यसमै यसको प्रभावकारिता निर्भरछ ।
केही नयाँ र केही पुरानै कार्यक्रमहरु समेटिएको नीति तथा कार्यक्रममा उल्लेख भएका योजनाको कार्यन्वयन हुन सक्दा मात्र आम रुपमा परिवर्तन अनुभुत हुन सक्ने देखिन्छ ।,आजको कान्तिपुरमा  ‘परिणाममुखी कार्यन्वयनको खाँचो’ शिर्षका सम्पादकीय  छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २१ घन्टे सेवा शुभारम्भ गर्नुभयो ।
यो शुरुवतासँगै विहान ६ बजेसम्म २१ घन्टा सञ्चालन हुन थालेको छ ।, आजको गोरखापत्र दैनिकले ‘विमानस्थलको क्षमता’ शिर्षकमा सम्पादकीय लेखेको छ ।

र, नेपाल समाचारपत्रले हरेक वर्ष सरकारले बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम ल्याउने गर्छ । सरकारले ल्याउने नीति तथा कार्यक्रमले नागरिकमा आशा पनि जगाउँछ । नीति तथा कार्यक्रम सुन्दा लोकप्रिय र निकै आकर्षक लाग्छन् तर परिणाम हेर्ने हो भने धेरै आशा गर्ने ठाउँ देखिँदैन । लामो समयको राजनीतिक अस्थिरतापछि बहुमतको सरकार बनेको छ, भन्दै ‘नीति तथा कार्यक्रम कार्यान्वयन गरियोस्’ शिर्षकमा सम्पादकीय छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =