आईपीएल फाइनल प्रवेशका लागि हैदरावाद र चेन्नईबीच प्रतिस्पर्धा

काठमाडौं, जेष्ठ ८। आइपिएल क्रिकेटको फाइनल प्रवेशका लागि सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच मंगलबार साँझ प्रतिस्पर्धा हुँदैछ । फाइनल प्रवेशको लागि पहिलो क्वालिफायरमा यी दुई टिम खेल्दैछन् ।

मुम्बईस्थित वाङखडे रंगशालामा नेपाली समयअनुसार ७ बजेर १५ मिनेटमा सुरु खेल दुबै टिमको लागि निकै महत्वपूर्ण रहेको छ । भारतीय पूर्व कप्तानको नेतृत्वमा रहेको चेन्नाई जितको खोजिमा हुनेछ ।

यता, केन विलियम्सनको कप्तानीमा रहेको हैदरावाद चेन्नाईलाई पराजित गर्दै फाइनल पुग्ने रणनीतिमा छ । हैदरावाद आईपीएलको शीर्ष स्थानमा रहेको थियो ।

हैदरावादको १४ खेलबाट ९ खेलमा जित र ५ खेलमा हारसहित १८ अंकको साथमा शीर्ष स्थान ओगटेको थियो । यता, चेन्नई हैदरावादसँग समान अंक भएपनि नेट रनरेटको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहेको थियो ।

इलिमिनेटरअन्तर्गत राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीचको खेल बुधबार राति हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + one =