एन आई सी एशिया बैंकले गर्यो  CONNECT-IPS  सम्झौता

काठमाडौँ,जेष्ठ ८ । डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय भुमिका निर्बाह गर्दै आएको एन आई सी एशिया बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा रू. १ लाखसम्मको राजश्व छिटो, छरितो, सरल एवं सुबिधायुक्त रुपमा यस बैंकमा खाता रहेका ग्राहक महानुभावहरुले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ ।

सो सुबिधा उपयोग गर्न बैंकका ग्राहक महानुभावहरुले एक पटकका लागि आफ्नो खाता नं. NCHL को ई–पेमेन्ट सम्बन्धी वेबसाइट www.connectips.com मा दर्ता गराई सो को फारम डाउनलोड गरी यस बैंकको कुनै पनि शाखामा गई रुजु गराउनु पर्ने र रुजु भए पश्चात रू. १ लाखसम्मको राजश्व कुनै पनि समयमा नेपाल सरकारको https://rajaswa.fcgo.gov.np मा Login गरी राजश्व भुक्तानी गर्न सक्नुहुनेछ ।
सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी)सुधिर नाथ पाण्डेका अनुसार सो सम्बन्धी विस्तृत विवरण नेपाल क्लियरिङ्ग हाउस (NCHL) को वेबसाइटबाट समेत प्राप्त गर्न सकिने छ । ग्राहक महानुभावको सुविधालाई मध्यनजर गर्दै डिजिटल भुक्तानी प्रणाली अन्र्तगत यस्ता सुविधाहरुलाई भबिष्यमा अझ थप गर्दै लैजाने बैंकले विश्वास लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१६ शाखा कार्यालयहरु, २०३ एटिएम ६ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रु १५९ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. ११० अर्ब र कुल निक्षेप करिब रु. १३६ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *