हिसान एडुफेयर जेठ १० गतेबाट हुने

“
काठमाडौं, जेठ ८ । विगत ५ वर्षदेखि सञ्चालन हुँदै आएको बृहत शैक्षिक मेला हिसान एडुफेयर यस वर्ष पनि सञ्चालन हुने भएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आयोजनामा यही आउँदो जेठ १० देखि १३ गतेसम्म पाँचौं हिसान एडुफेयर २०१८ हुने भएको हो । सो मेला काठमाडौंको भुकुटीमण्डप, प्रदर्शनीहलमा हुने छ ।
आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिंदै आयोजकले मेला भर्न आउने सम्पूर्ण शिक्षाप्रेमीलाई प्रवेश निःशुल्क रहेको पनि जानकारी दिएको छ ।मेलाको मुख्य आकर्षणः शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत जानकारी दिनेछ ।
मेलामा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूर पश्चिमाञ्चल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र सि.टि.ई.भि.टी को सम्बन्धमा सञ्चालित १५० भन्दा बढी शैक्षिक संस्थाहरुको सहभागिता रहने पनि आयोजकले बताए ।
आयोजकले मेला २ लाख विद्यार्थी, अभिभावक तथा शिक्षासँग सरोकार राख्नेहरुले अवलोकन गर्ने लक्ष्य राखेको छ ।
मेलामा विभिन्न संस्थाहरुका प्रस्तुती, विज्ञहरुको सहभागितामा संघीयतामा शिक्षालगायत विविध शैक्षिक जानकारीमूलक तथा विषयगत सेमिनारहरु समेत आयोजना गरी मेलाको सदुपयोग गरिनेछ ।
सो मेलाको समुद्घाटन जेठ १० गते बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हुने आयोजकले जनाएको छ ।
“








