पूर्व डिआइजीसहित २८ जनालाई थुनामा राख्न आदेश

काठमाडौँ, जेष्ठ ८ । मोरङ जिल्ला अदालतले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्व डिआइजीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले संगठित अपराध निवारण ऐन दफा ४१ र मुलुक ऐन दफा ११८ को २ अनुसार २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी संजय राउत, प्रजित केसी, सई बालकृष्ण संजेल पनि थुनामा गएका छन् ।

तस्करीमा संलग्नहरु टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, माधव भनिने मदनप्रसाद घिमिरे, लाक्पा शेर्पा, चाचाजी उपनामका महावीरप्रसाद गोल्यान, राजन थापा, हेमन्त गौतम, समीरप्रसाद तोलाङ्गे, कपिलराज पुरी, बालकृष्ण श्रेष्ठ, राजेन्द्रकुमार शाक्य, दोराम खत्री, एलबी भनिने लालबहादुर मगर, तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, गोपालकुमार श्रेष्ठ, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार पनि जेल चलान भएका छन्।

थुनछेक आदेश गर्दै पक्राउ परेका २ जनालाई भने छोडेको छ । प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार तथा हवल्दार अमरबहादुर थापालाई साधारण तारेखमा रिहा गर्ने र अन्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला अदालतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =