मेस्सीले जिते पाँचाैं ‘युरोपियन गोल्डेन शु’, राेनाल्डाेकाे भन्दा १६ अंक बढि

बार्सिलोना (एजेन्सी)  स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार फरवार्ड लियोनल मेस्सीले पाँचाै पटक ‘युरोपियन गोल्डेन शु’ को उपाधि जितेका छन्। युरोपका सबै लिगमा सर्वोकृष्ट गोलकर्ताको रुपमा मेस्सीले यसपटक साे उपाधि जितेका हुन्।

अाफ्ना निकटतम प्रतिष्पर्धी लिभरपुलका मोहम्मद सलाह सँग प्रतिष्पर्धामा रहेका मेस्सीले सलाहभन्दा २ गोल धेरै गर्दै उपाधीकाे रक्षा गरेका हुन् ।

उनी अघिल्लो सिजनकाे ‘युरोपियन गोल्डेन शु’ विजेता हुन्। दोस्रो स्थानका सलाहले ३२ गोल गर्दा मेस्सीको नाममा ३४ गोल रह्यो। तेस्रो स्थानमा ह्यारी केनको ३० गोल छ।

गोल्डेन शु गोलमा भन्दा पनि अंकमा आधारित छ। युरोपका ५ शिर्ष लिगमा १ गोललाई २ अंकको मान्यता दिइन्छ। पोर्चुगेली लिगमा बेन्फिकाका जोनास ओलिभिएराले समान ३४ गोल गरेपनि पोर्चुगेली लिगमा १ गोलको १.५ अंकको मात्र मान्यता छ।

उनका निकटतम प्रतिष्पर्धी रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ४ पटक ‘युरोपियन गोल्डेन शु’काे उपाधि जितेका छन्। यसपटक रोनाल्डोले आठौँ स्थानमा सिजन अन्त्य गरेका छन् ।

मेस्सीले यसअघि सन् २००९-१०, २०११-१२, २०१२-१३ र २०१६-१७ को सिजन पनि गोल्डेन सुज जितेका थिए । १९६७/६८ को सिजन फ्रेन्च फुटबल पत्रिका ‘एल इक्विप’ ले दिन थालेको यो अवार्ड सन् १९९६/९७ को सिजनदेखि युरोपियन स्पोर्टस् मिडियाले प्रदान गर्दै आएको हो ।

सन् १९९१ सम्म युरोपियन देशका लिगमा खेलाडीले गरेको धेरै गोललाई गोल्डेन सुज दिने आधार मानिन्थ्यो । १९९६ पछि युरोपका प्रमुख लिगमा गरेको गोल अन्य सामान्य लिगमा गरेका गोल भन्दा महत्वपूर्ण मानेर खेलाडीलाई नम्बर दिइने र त्यसैका आधारमा अवार्ड दिन सुरु गरिएको हो ।

यो सिजन पोर्चुगलको लिग खेल्ने क्लब बेनफिकाका जोनासले पनि ३४ गोल नै गरे पनि उनले ५१ अंक मात्र प्राप्त गरे । जुन मेसीको भन्दा १७ अंक कम हो । मेसीले ६८ अंक पाएका छन् । दोस्रो स्थानका मोहम्मद सलाहको ६४ अंक रहेको छ ।

३० गोल गरेका टोटनहृयामका हृयारी केनको ६० अंक रहेको छ । लाजियोका २९ गोल गरेका क्रिरो इमोबाइल, २९ गोल नै गरेका बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की साथै २९ गोल नै गरेका इन्टर मिलानका माउरो इकार्डीको बराबरी ५८ अंक रहेको छ ।

२८ गोल गरेका पेरिस सेन्ट जर्मेनमा इडिसन काभानीको ५६ अंक रहेको छ । साथै रियल मडि्रडका क्रिष्टियानो रोनाल्डोले ला लिगामा २६ गोल  गरे पनि  उनकाे ५२ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *