गोरे भन्छन् : सुन तस्करीमा भारतीय नागरिकको पनि संलग्नता छ (भिडियोसहित)

काठमाडौँ, जेष्ठ ८ । सुन तस्करीका डन कहलिएका चूडामणि उप्रेती गोरेलाई मंगलबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  सार्वजनिक गरियो ।

विशेष अनुसन्धान टोलीले गोप्य सूचनाका आधारमा गोरेलाई काठमाण्डौ महानगरपालिका वडा नम्बर ८ गौरीघाट क्षेत्रबाट मंगलबार बिहान ५ बजेर ३४ मिनेटमा पक्राउ गरेको हो ।

तर गोरेले भने पक्राउ गरिएको नभई आफुले आत्म समर्पण गरेको बताएका छन् । सुनकाण्डमा अरु धेरैको संलग्ता रहेको पनि बताएका छन् । सुन तस्करीमा भारतीय नागरिकको पनि संलग्नता भएको खुलासा गरेका छन् । गोरेलाई आजै बिराटनगर लगिएको छ । उनलाई जिल्ला अदालतमा पेश गरिनेछ ।

भिडियो स्रोत : केन्द्रविन्दु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *