गोरेलाई जन्मकैद फैसला गरिनुपर्ने सनमकी आमा र श्रीमतीको माग

काठमाडौँ, जेठ ८ । साढे ३३ किलो सुन प्रकरणका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेपछि सनमकी आमा र श्रीमतीले न्याय पाउने आशा जागेको बताएका छन् ।

सनम हत्या काण्ड र सुन प्रकरणमा जोडिएका नाइके गोरे पक्राउ परेपछि मृतकका परिवारले शतप्रतिशत न्याय पाउने विश्वास व्यक्त गरेका हुन् ।

सुन तस्करी र सनम हत्याको विषयमा बहस सुन्न मंगलबार मोरङ अदालत आएका सनमकी आमा कल्पना र श्रीमती सुनिता शाक्यले त्यहीबेला नै गोरे पक्राउ परेको खबर सुनेका थिए । गोरे पक्राउ परेको खबर सुन्नासाथ उनीहरु निकै हर्षित देखिएका थिए ।

आमा कल्पनाले भनिन्, “जन्मकैद फैसलाको अपेक्षा गरेको छु ।” श्रीमती सुनिताले पनि ज्यान मार्नेलाई जन्म कैद नै हुनुपर्ने माग गरिन् ।

जिल्ला अदालत मोरङको ६ नम्बर बेन्चमा न्यायाधीश नारायण शर्माको इजलासमा सरकारी वकिलहरुले प्रतिउत्तर बहस गरिरहेका थिए । इजलासभित्र बसेका पीडित–पीडक एकआपसमा गोरे पक्राउ परेको खबर कान फुकेर सुनाउँदै थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *