प्रचण्डका प्रिय व्यापारी सुमार्गीलाई अख्तियारले झारफुक गर्दै

काठमाडौँ, साउन १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी केन्द्र अध्यक्ष पुष्पकमलका प्यारा अजय सुमार्गीलाई अठ्याउने भएको छ । आज बुधवार बसेको अख्तियारको गोप्य बैठकले व्यापारी सुमार्गीको स्रोत नखुलेको सम्पत्तिमाथि छानबिन सुरु गर्ने र द्वोषी ठहरिए कारबाही गर्ने निर्णय गरेको हो । ।

आयोगको पहिलो सूचीमा कालो धन थुपार्नेमा सुमार्गी परेसँगै उनी अख्तियारको पहिलो निगरानीमा परेका हुन् । उनीमाथि राजश्व छलेको, आयभन्दा अधिक सम्पत्ति देखिएको र उक्त सम्पत्तिको कुनै स्रोत नखुलेको आयोगले निष्कर्ष निकालेको थियो । यससँगै सुमार्गीपछि अन्य ठुला उद्योगपतिहरुलाई पनि कानुनको दायरामा ल्याउने अख्तियारले तयारी थालेको छ ।

अख्तियारले सुमार्गीजस्ता व्यापारीहरुलाई मात्र हैन यस आबद्ध नेता, गुण्डा लगायत जो सुकैलाई पनि कानुनी दायरामा ल्याउने जनाएको छ । विगत तीन वर्षदेखि सुमार्गीको नेपाल राष्ट्र बैङ्क खातामा स्रोत नखुलाएको तीन अर्ब रुपैयाँ रकम अझै कहाँबाट आयो भन्ने कुरा खुलस्त भएको छैन । सुमार्गीमाथि ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट व्यापारी रकम भित्र्याउन खोजेको आरोप लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *