भारतमा फैलियो एनआईभी संक्रमण, यस्ता छन् यसका लक्षणहरुः

काठमाडौँ, जेठ ८ । भारतमा ज्यानमारा भाइरस निपाहको संक्रमण फैलिएको छ । भारतको केरलामा यसको उच्च जोखिम पाइएको छ ।

पछिल्लो दुई हप्तामा केरलाको तटीय शहर कोझिकोडमा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । तर, मृतकका छिमेकीहरुले स्वास्थ्य अधिकारीहरुलाई ति तीनै जनाले एक फल खाएको देखेका बताएका थिए । उनीहरुको आइतबार मृत्यु भयो ।

इन्डियन एक्सप्रेसका अनुसार तीनैजनाको मृत्युको १२ घण्टाभित्र कोझिकोड र मलप्पुरमा यही लक्षणका साथ थप आठ जनाको मृत्यु भएको छ । तर, यो भाइरस के हो र कसरी फैलिएको छ ? कसरी यो यति खतरनाक हुन्छ र ज्यान नै जान्छ ? भन्ने कुराको अनुसन्धान जारी छ । भने अरु धेरै यसबाट पीडित छन् । त्यसको कारण यही भाइरस भनिएको छ ।

एनडीटीभीका अनुसार राज्यका स्वास्थ्यमन्त्री केके शायलजाले भने यस भाइरसको प्रकृति पूर्णरुपमा पत्ता लागिनसकेको बताएका थिए । उनका अनुसार मृतकको बिरामीको पछाडि कुन भाइरस छ, यो अझै रहस्यमै छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार निपाह भाइरस (एनआईभी) निकै छिटो फैलिने भाइरस हो जसले जनावर र मानिसलाई गम्भीर रुपमा बिरामी बनाउँछ ।

यस्ता छन् बिरामीको लक्षणहरुः

राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार निपाह भाइरसको इन्फेक्सन इन्सफ्लाइटिससँग सम्बन्धित छ जसले दिमागमा क्षति पुर्‍याउँछ । यो भाइरस पाँचदेखि १४ दिनसम्म शरिरभित्र पर्‍यो भने तीनदेखि १४ दिनसम्म उच्च ज्वरो आउँछ र टाउको पनि असाध्यै दुख्छ ।

श्वास प्रस्वास सम्बन्धी गम्भीर समस्या देखिन्छ र, ज्यानमारा इन्सफ्लाइटिस पनि हुनसक्छ ।

संक्रमणको शुरुआती चरणमा सास फेर्न गाह्रो हुन्छ । केही विरामीहरुलाई स्नायूसम्बन्धी समस्या पनि हुन्छ । यो लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र बिरामी कोमामा पुग्नसक्छ ।

आमरुपमा यो भाइरस मानिसहरुको सम्पर्कमा आउने चमेरा, सुँगुर वा यो भाइरसबाट संक्रमित दोस्रो व्यक्तिबाट फैलिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =