३३ किलो सुन प्रकरणका मुख्य नाईके ‘गोरे’पक्राउ

काठमाडौं, जेठ ८ ।  सुन तस्करी गर्दै आएका गिरोहका नाइके चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएका गिरोहका नाइके भनेर चिनिने ‘गोरे’ पक्राउ परेका हुन् ।  गृह मन्त्रालयको बिशेष छानबिन समितिले उनलाई पक्राउ गरेको हो । स्रोतका अनुसार गोरेलाई विदेशबाट पक्राउ गरेर ल्याइएको हो ।

समितिका एसएसपी बसन्त लामाले उनलाई पक्राउ गरिएको पुष्टि गर्नु भयो । अहिले केहिबेरमा पत्रकार सम्मेलन गरी गोरेलाई सार्वजनिक गरिने एसएसपी लामाले बताउनु भयो । विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएका थिए ।  गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको थिए ।

सुन तस्करी प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये ८ जना प्रहरी अधिकारी छन् ।
गोरे पक्राउ छानबिन समितिको महत्वपूर्ण सफलता भएपछि लुटिएको भनेको साढे ३३ किलो सुन भने बरामद भएको छैन ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =