‘नेकपा’ को सचिवालयमा शर्मा र रावललाई थप्ने तयारी
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ ८ । नवगठित नेपाल कम्युनिष्ट पार्टीको सचिवालय (हाइकमाण्ड)मा दुई जना सदस्य थप गर्ने तयारी भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रका तर्फबाट एक–एक जना थप्ने तयारी भएको हो । नौ सदस्यीय सचिवालयमा दुई जना थपगरी ११ सदस्यीय बनाउने तयारी भएको हो ।
दुई पार्टीबीच एकताको गृहकार्य गरेका जनार्दन शर्मा र तत्कालीन एमालेका उपाध्यक्ष भीम रावललाई सचिवालयमा थप्ने तयारी भइरहेको बुझिएको छ । रावलले आफूलाई सचिवालयमा नपारिएको प्रति आक्रोश व्यक्त गर्दै आएका छन् । ‘सचिवालयमा दुईजना सदस्य थप्ने तयारी रहेको बताईएको छ ।
पार्टी एकता हुनुपूर्व रावल एमालेमा माधवकुमार नेपाल समूहको प्रतिनिधित्व गर्दै बैठकहरूमा सहभागी हुने गरेका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








