पर्वतको फलेवास नगरपालिकामा गुनासो संकलन अभियान सञ्चालन

पर्वत, जेठ ८ । पर्वतको फलेवास नगरपालिकाले गुनासो संकलन अभियान सञ्चालन गरेको छ । नगरपालिकाबाट सञ्चालन भएका कार्यक्रमलाई प्रभावकारी बनाउन तथा स्थानीय नागरिकका गुनासालाई संवोधन गर्न सहयोग पुगोस् भनेर अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

वैशाख ३ गतेबाट सुरु भएको गुनासो संकलन अभियानमा अहिलेसम्म ५ सय भन्दा बढी गुनासो÷समस्या संकलन भएका छन् । भूकम्प प्रभावितलदोस्रो किस्ता नपाएको, सामुदायिक विद्यालयका शिक्षकले निजिमा पढाउन नहुने लगाएत कृषि, स्वास्थ्य, खानेपानी, सिंचाइ,रोजगार का विषयमा नागरिकले गुनासो राखेका नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *