यसकारण गरे दुई मितिनीले एकैपटक आत्महत्या

महोत्तरी, जेठ ८ । महोत्तरी जिल्लाको बलवा नगरपालिका–१, बञ्चौरीमा सोमबार साँझ दुई मितिनीले विषादी सेवन गरेर आत्महत्या गरेका छन् ।

बलवा नगरपालिका–१, बञ्चौरीकी १६ वर्षीया खुशीकुमारी चौधरी र १५ वर्षीया चाँदनीकुमारी झाले आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार, ढिला घर फर्केको भन्दै आमाले गाली गरेको मामुली निहुँमा उनीहरुले विषय सेवन गरेर आत्महत्या गरेका हुन् ।

सोमबार छिमेकीको घरमा भएको पूजा हेर्न गएका उनीहरुलाई आमाले कहाँ गएको भन्दै गाली गरेकी थिइन् । लगत्तै उनीहरुले बजारमा गएर गहुँ बालीमा छर्किने सेल्फास नामक विषादी किनेर ल्याएको र त्यही खाएर आत्महत्या गरेको प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।

दुवै मितिनी अबेर साँझ बगैँचामा बेहोस अवस्थामा फेला परेपछि परिवारजन र छिमेकीले उनीहरुलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगेकोमा उपचारकै क्रममा दुवै मितिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक दुवै मितिनीको शव परीक्षणपश्चात् आज परिवारजनलाई बुझाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 10 =