आज मंगलबार, तपाईको राशिफल यस्तो छ

काठमाडौं, जेठ ८ ।  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा मन जाने हुँनाले प्रतिष्पर्धिहरुलाई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुँने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपाईको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

शुभ अंक — १

शुभ रंग — कफि

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)सवारि साधन तथा घर जग्गामा गरिएको लगानि फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानि हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बड्नेछ । बिद्यामा मेहनेत नगरे अरुभन्दा पछि परिनेछ भने छाति सम्बन्धि सामान्य समस्याले सताउँनेछ ।

शुभ अंक — ५

शुभ रंग —  सेतो

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) शाहशिलो काम गर्ने जोस जागर आउँने छ भने खेलकुद तथा यस्तै गतिबिधिमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । पढाई लेखाईमा परिणाममुखि उपलब्धि हासिल गर्न सकिनेछ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिन जुनसुकै व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पन्निबिच मायाको गाठो कसिलो भएर जानेछ ।

शुभ अंक — ६

शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुँनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुँनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्याव्वसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

शुभ अंक — ४

शुभ रंग — सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मान,सम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउँन सक्छ कामगर्दा साबधानि अपनाउनु होला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाईसँग टाडिनेछन् । पति पत्नि बिच मनमुटाब बड्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानशिक तनाब बढ्नेछ । प्रेममा धोका हुँन सक्छ भने बिद्यामा प्रगति गर्न निकै मेहनेत गर्नुपर्नेछ ।

शुभ अंक — ६

शुभ रंग —  रातो

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) स्वास्थ्य क्षेत्रमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशसमा बसेर समय खर्चिनेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अन्य दिन भन्दा सुधार भएर जानेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि भने समय मध्ययम रहेकोछ । अग्रज तथा आफन्तको सुझाबलाई मान्दै अगाडि बढे चाहेको गन्तब्य पहिल्याउँन सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग  — निलो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आर्थिक व्यावस्थापन तथा रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सहि तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाति रहनेछन् ।  पैत्रिक धन तथा सम्पतिमा बिवाद आउँने योग रहेकोछ भने दाजुभाई सँग काम गर्दा सामान्य मनमुटाव हुँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा जानेछ । माया प्रेमका कोपिलाहरु फक्रन नपाउँने हुँनाले मन दुखि हुँनेछ । अरुकै पछि लागेर हिड्नाले उललब्धि पनि नहुँने तथा आफ्ना कामहरु थाति रहनेछन् ।

शुभ अंक — ७

शुभ रंग — सेतो

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुँने योग रहेको छ । समस्याहरुको समाधान गरि आम्दानिका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ ।

शुभ अंक — ५

शुभ रंग  — कफि

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रा सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।  महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनितिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

शुभ  अंक — ३

शुभ रंग — हरियो

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नचाहादा नचाहादा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिएपनि आम्दानि न्युन हुँने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेत । प्रेममा धोका हुँने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ सचेत रहनुहोला ।

शुभ अंक — २

शुभ रंग — खरानि

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारमा लगानि गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिने समय रहेकोछ । साझेदारहरुबिच मन मिल्ने हुँदा नया उद्योगमा लगानि गर्ने अवसर जुर्नेछ । पढाई लेखाईमा मन जाने हुँनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसि हुँनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनुको साथै जीवन साथिको साथ रहने हुँनाले काम गर्न उर्जा थपिनेछ । भौतिक तथा बिलाशि बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ ।

शुभ अंक — २

शुभ रंग — सेतो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  न्यालयबाट हुँने व्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँदा मन खुसिले उचाई नाघ्नेछ । पढाई लेखाईमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुँनेछ भने थप ठाउँमा लगानि गर्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने हुँदा शाहस तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउँन सकिने तथा नयाँ कामको थालनि गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

शुभ अंक — ४

शुभ रंग — पहेलो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =