संविधान संशोधनबारे राजनीतिक सहमति भइसक्यो : प्रचण्ड

काठमाडौं, जेष्ठ ७ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा सहमति भइसकेको बताएका छन्।

‘संविधान संशोधनको विषयमा मधेशमा आधारित दल र हामीबीच सहमति भइसकेको छ,’ राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भइसकेपछि बाहिर पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मधेश केन्द्रित दललाई कसरी सरकारमा सहभागी गराउन सकिन्छ भन्नेबारे उहाँहरुसँग प्रधानमन्त्रीसहित छलफल भएको छ।‘

प्रचण्डले मधेश केन्द्रित राजनीतिक दललाई सरकारमा ल्याउन पहल भइरहेको जानकारि दिए। उनले यस विषयमा छिटै सहमतिमा हस्ताक्षर हुनसक्ने बताए ।

सरकारको नीति तथा कार्यक्रम चुनावी घोषणापत्रकै आधारमा आएको प्रचण्डको दाबि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =