स्पेनले गर्यो २३ सदस्यीय विश्वकप टोलीको घोषणा

एजेन्सी – रुसमा हुने आगामी विश्वकप फुटबलका लागि स्पेनले आफ्नो २३ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको छ । तर सो टोलीमा केही अनुभवी र नियमित नामहरु परेका छैनन् ।

चेल्सीका सेस्क फ्याब्रिग्यास र एल्भारो मोराटा स्पेनको विश्वकप टोलीमा पर्न असफल भएका हुन् । आर्सनलका हेक्टर बेल्लेरिन पनि टोलीमा परेनन् । आर्सनलका अर्का डिफेन्डर नाचो मोनरियाल र चेल्सीका सेजार एज्पिलिक्वेटा भने अन्तिम टोलीमा परेका छन् । त्यस्तै चेल्सीका मार्को अलोन्सो पनि टोलीमा छैनन् ।

म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे गेया र म्यानचेस्टर सिटीका डेभिड सिल्भा प्रिमियर लिगतर्फबाट परेका छन् । तर सिल्भा, सर्जियो बुस्केट्स र आन्द्रेस इनिएस्टासम्मिलित मिडफिल्डमा फ्याब्रिग्यासले भने ठाउँ पाएनन् । फ्याब्रिग्यास स्पेनसँग दुई पटकका युरोकप विजेता पनि हुन् । त्यस्तै २०१६ को युरोमा दोस्रो सर्वाधिक गोलकर्ता मोराटा पनि टोलीमा नपर्नाले धेरै समर्थक आश्चर्यचकित परेका छन् ।

विश्वकप टोली

गोलकिपर – डेभिड डे गेया, पेपे रियेना, केपा

डिफेन्डर– ड्यानि कार्जाभाल, एल्भारो ओडियोजोला, जेरार्ड पिके, सर्जियो रामोस, नाचो, जोर्डि अल्बा, नाचो मोनरियाल

मिडफिल्डर– सर्जियो बुस्केट्स, साउल, आन्द्रेस इनिएस्टा, डेभिड सिल्भा, थियागो, कोके, इस्को

फरवार्ड – एसेन्सियो, लुकास भाजक्वेज, डिएगो कोस्टा, रोड्रिगो मोरिनो, इयागो आसपास

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =