धरानमा लागू औषध सहित तीनजना पक्राउ

धरान, जेठ ७ । इलाका प्रहरी कार्यालय धरानले लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख तथा डिएसपी रामेश्वर पौडेल नेतृत्वको टोलीले धरान बजारका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा धरान १० बस्ने ३४ बर्षीय नवराज गुरुङ, धरान १५ बस्ने ३३ बर्षका अल्वर्ड गुरुङ, धरान १२ बस्ने ३० बर्षीय अनिष तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नाईट्रोजन टयावलेट १४० थान, डाईलेक्स डिसि ७ बोतल, एभिल २१० एम्पुल, डाईजेल्याप २१० एम्पुल, लुपीजेसिक २१० एम्पुलका साथै नगद ३० हजार समेत बरामद गरिएको छ ।

पक्राउ परेका उनीहरुलाई (आज) सोमबार इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो ।

उनीहरुलाई लागु औषध मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको डीएस पी पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय पथरीले लागु औषध ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेका छन् ।

प्रहरीले पथरी बजारबाट पथरी शनिश्चरे –४ बस्ने विवेक खड्का, सुृमन लिम्बु, विजय तामाङ र कानेपोखरी गाउँपालिका वडा नं. ५ का पर्वत राईलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ३४० ग्राम.को ब्राउन सुगर र २२ चक्की ट्याबलेट पनि फेला पारेका थिए । ब्राउन सुगर सेवन गर्दा प्रयोग गरिने पैसा बेरिएको र सिक्का लगाएतको सामान पनि फेला पारेका थिए ।

पक्राउ परेका उनीहरलाई सोमबार इलाका प्रहरी कार्यालय पथरीले म्याद थप गरी सार्वजनिक गरेका थिए । उनीहरुलाई लागु औषध मुद्दा दर्ता गरी अनुसन्धान थालेको इस्पेक्टर विजय श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =