थापालाई प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौं, जेठ ७ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी शैलेश थापालाई दिइएको छ ।

प्रवक्ता मनोज नेउपाने महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरुवा भएपछि प्रवक्ताको जिम्मवारी एसएसपी थापालाई दिइएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्ने उनको जिम्मेवारी रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *