दाङको न्यू लुम्बिनी नास्ता पसलमा आगलागी
२०७४ जेठ १५ गते

“
दाङ, जेठ ७ । घोराहीको तुलसीपुर चोकमा रहेको न्यू लुम्बिनी नास्तापसलमा आज आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ग्यास चुहावट भएर आगलागी भएको हो । आगलागी भएको खबर पाएलगत्तै स्थानीयवासी, प्रहरी तथा ट्याङ्करको सहयोगमा आगो नियन्त्रणमा लिएका कारण थप अन्य घर क्षति हुनबाट जोगिएका हुन् । आगलागीबाट पसल पूर्णरुपमा जलेर क्षति भएको छ ।
घोराही उपमहानगरपालिकाको दमकल समयमा नआएको भन्दै स्थानीयवासी आक्रोशित समेत भएका थिए । क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








