राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार आएन, अझै रोकिएन आन्तरिक रक्तश्राव !
२०७४ जेठ १५ गते

“
काठमाडौँ, जेठ ७ । राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका छन् । अस्पतालले ९९ वर्षका घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएतापनि पारिवारिक स्रोतले भने आन्तरिक रक्तश्राव नरोकिएको बताएको छ ।
उनको अहिले हाईकेयर वार्डमा उपचार भइरहेको छ । मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ । साथै आन्तरिक रक्तश्राव पनि भइरहेको छ ।
अहिलेसम्म चार प्वाइन्ट रगत दिइएको तर, अझै आन्तरिक रक्तश्राव नरोकिएको पारिवारिक स्रोतले जनाएको छ ।
चिकित्सकहरुले इन्टेरस्कोपी गर्नु पर्ने बताएतापनि नेपालमा विज्ञको अभाव भएकाले भारतबाट बोलाउन अस्पतालले समन्वय गरिरहेको छ ।
घिमिरे पछिल्लो केही महिनादेखि अस्वस्थ छन् । बेलाबेला अस्पताल भर्ना नै गर्ने गरिएको थियो । पछिल्लो पटक उनी ७–८ दिनअघि अस्पतालमा भर्ना भएका थिए ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








