म्याग्दीः विद्युत् चुहावट भई आगलागी

म्याग्दी, जेठ ७ । रघुगंंगा गाउँपालिका–२ भगवतीमा आज बिहान आगलागी हुँदा रु २५ लाखबराबरको धनमालको क्षति भएको छ ।

भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाँडाकुँडालगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले जनाएको छ ।

रु चार लाख नगद, १३ तोला सुनलगायतका धनमाल जलेर नष्ट हुँदा रु २५ लाखबराबरको क्षति भएको चौकीका प्रमुख ओमबहादुर बोगटीले जानकारी दिए ।

बिहान ७ बजेतिर लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर जलेर ध्वस्त भएपछि भण्डारीका परिवार आफन्तको घरमा आश्रय लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *