संघीय सरकार प्रदेश २ लाई कमजोर बनाउन लागि पर्यो– सांसद यादव

वीरगञ्ज, जेठ ७ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएकोमा सांसद यादवले आपत्ति जनाएका छन् । वीरगञ्जमा सोमबार पत्रकार सम्मेलन गरेर फोरम नेपाल पर्साका अध्यक्षसमेत रहेका संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भ्रमणमा रोक लगाउनु मधेस विरोधी काम भएको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद यादवले प्रेस फोरम पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश नम्बर २ लाई कसरी कमजोर बनाउने भनेर संघीय सरकार लागेको अरोप समेत लगाएका छन् ।

उनका अनुसार, मुख्य मन्त्रीको अमेरिका भ्रमण रद्द गर्ने काम निन्दनीय हो । यसलाई सच्याउनुपर्छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी संघीय सरकारसमक्ष अनुमति मागेका थिए । तर सरकारले प्रदेशस्तरमा कानून, बजेट, नीति तथा तर्जुमा गर्न बाँकी रहेको र त्यसका लागि मुख्यमन्त्री आवश्यक पर्ने भन्दै राउतको भ्रमण रोकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *