यस्ता छन् अाजका पत्रपत्रिकाका समाचार

वैशाख ७ , काठमाडौं । आज सोमबार काठमाडौंबाट प्रकाशित अखबारहरुको प्राथमिकतामा अलग–अलग परेका छन् ।
इन्डियन प्रिमियर लिग (र्आइपीएल) का अघिल्ला दुई खेलमा एक–एक विकेट लिएका सन्दीपले आइतबार मुम्बईविरुद्ध तीन विकेट लिएका छन् । राजधानीबाट प्रकाशित सबैजसो अखबारहरुले उनको आइतबारको पफरमेन्सलाई प्राथमिकता दिएका छन् ।

यसैगरी नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य छनोटकाे विषय पनि पत्रपत्रिकाहरुका प्राथमिकतामा परेका छन् । समाचार अनुसार पूर्वएमाले पक्षले केन्द्रीय सदस्यको नाम टुंगो लगाए पनि तत्कालीन माओवादी केन्द्रलाई सकस परेको छ । प्रचण्डले आफ्नो समूहबाट केन्द्रीय सदस्यका नाम दिन ढिलाइ गर्दा केन्द्रीय समिति विस्तार लम्बिएको बतार्इएकाे छ ।

यसैगरी कामदार ठग्ने ४८ मेनपावर व्यवसायी पक्राउ परेको देखि मैलुङ–स्याफ्रुबेसी सडक खण्डको दोहोरो ट्रयाक खुलेको, २० मन्त्रीले आफ्नो सम्पत्ति विवरण गोप्य राखेकोसम्मका खबरलाई आजका पत्रपत्रिकाहरुले महत्त्वसाथ पस्केका छन् ।

परराष्ट्र मन्त्रालयले सांसदहरुलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाइ गरेको खबर कान्तिपुरले आज छापेको छ ।

संविधान र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परराष्ट्र मन्त्रालयको राहदानी विभागले संसद् सचिवालयलाई पत्राचार गरिएको जानकारी गराएको छ ।

पत्रमा विभागले सचिवालयलाई कुन देश, के कार्यक्रममा जाने भन्ने आधार पेश नगरेसम्म रातो पासपोर्टका लागि सांसदको नाम सिफारिस नगर्न आग्रह गरेको छ ।

भ्रमणको आधार र कागजात पेश नगरी सिफारिस मागेका ७ सांसदलाई सचिवालयले विदेश जाने अनुमति नदिएको कान्तिपुरको समाचारमा उल्लेख छ ।

सरकार गठन भएको सय दिन पुग्न लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक गरेका छैनन् ।

नेपाल समाचारपत्रमा कानुनतः सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । सार्वजनिक नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दण्डित हुने व्यवस्था छ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गरेको सरकार प्रमुखसहितले आफ्नै सम्पत्ति विवरण बुझाउन भने आनाकानी गरिरहेका छन् ।’

मन्त्रिपरिषदका सदस्यमध्ये स्वास्थ्य, विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मात्रै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ ।

नागरिक दैनिकका अनुसार, मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी संघीय सरकारसमक्ष अनुमति मागेका थिए ।

तर सरकारले प्रदेशस्तरमा कानून, बजेट, नीति तथा तर्जुमा गर्न बाँकी रहेको र त्यसका लागि मुख्इमन्त्री आवश्यक पर्ने भन्दै मन्त्रिपरिषद् बैठकले राउतको भ्रमण रोकेको छ ।

सामुदायिक विद्यालयहरुको भद्रगोल र बिथेति बारबार खबर बनिरहन्छन् । शिक्षकले पठन–पाठन नगराएको देखि पूर्वाधार अभावमा रुमल्लिएका खबर आइरहँदा भक्तपुरको एक सामुदायिक विद्यालयले ऋण काढेर विद्यालयलाई स्मार्ट बनाएको छ ।

भक्तपुरको चाँगुनारायण–८, थाकलमठस्थित सरस्वती माध्यमिक विद्यालय स्मार्ट बनेको हो ।

राजधानी दैनिकका अनुसार, यो विद्यालयका शिक्षक र विद्यार्थीहरु डिजिटल गेटबाट छिर्छन् र स्मार्ट बोर्डमा पढाउँछन् र पढ्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *