आइपिएल : सन्दिपले लिए २ ओभरमा मुम्बईका ३ विकेट

काठमाडौँ, जेष्ठ ६ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले आइपिएलको तेस्रो खेलमा दुई ओभर बलिङ गरेर तीन विकेट लिएका छन्। मुम्बईविरूद्ध खेलमा आइतबार साँझ उनले ओपनिङ ब्याट्सम्यान सूर्यकुमार यादवलाई आउट पारेका पारे।

सुरूमा बलिङ गर्न आएका सन्दीपलाई यादवले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा दुई रन हानेका थिए। सन्दीपको चौथो बलमा यादव आउट भए। पहिलो ओभरमा उनले १३ रन खर्चिए।

नवौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले पहिलो बलमा केरन पोलार्डलाई आउट पारे। चौथो बलमा उनले कुर्नाल पाण्डेलाई आउट पारे। यो ओभरमा उनले ६ रन खर्चिए।

यसअघि टस जितेर ब्याटिङ गरेको दिल्ली डेयरडेभिल्सले मुम्बईविरूद्ध १७४ रन बनाएको थियो।

सन्दीपले यसअघि रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्ससँग विरूद्ध खेलेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =