दुर्घटनामा एक बालकको मृत्यु

दाङ, जेठ ३ । दाङको राप्ती गाउँपालिका २ को लालमटियामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

आइतबार पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आइतबार बिहान बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान निवासी आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् ।

सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । ।

बुढाथोकी आदर्श नमूना मावि लालमटियामा कक्षा ४ मा अध्ययनरत थिए ।

ठक्कर दिने गाडी र चालकलाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =