शङ्कास्पद अवस्थामा शव फेला

भक्तपुर, जेठ ६ । भक्तपुर नगरपालिका– ३ मंगलाछेस्थित शिवालय मन्दिरमा शंकास्पद अवस्थामा शव भेटिएको छ ।

अन्दाजी ६५ वर्षका पुरुषको शिवालय मन्दिरमा शव शंकास्पद अवस्थामा भेटिएको हो ।

कालो ज्याकेट, सेतो नीलो सर्ट र नीलोमा सेतो धर्सा भएको ट्रयाकसुट लगाएका वृद्धको शव मन्दिरमै भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिएका छन् ।

शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eighteen =