जानवी फिल्म खेल्न चाहन्छिन् तर म चाहन्छु कि उसले विवाह गरोस् र घर बसाओस्

एजेन्सी । बलिउड अभिनेत्री श्रीदेवीको छोरी जानवीको फिल्म आउने कुराले निकै चर्चा पाइरहेको छ । तर, यसै विषयमा श्रीदेवीले जानवीको बारेमा ठूलो खुलासा गरेकी छन् । हालै दिएको एक अन्तर्वार्तामा श्रीदेवीले जानवी फिल्ममा आउन चाहेपनि आफूले भने उनले विवाह गरेर घर बसाएको हेर्न चाहेको बताएकी छन् । उनले भनेकी छन्, ‘जानवी फिल्म खेल्न चाहन्छिन् तर म चाहन्छु कि उसले विवाह गरोस् र घर बसाओस् । जानवी करन जोहरको ‘स्टुडेन्ट अफ दि इयर २’ मा काम गर्न चाहन्छिन् तर म यसको समर्थनमा छैन ।’
श्रीदेवीले थप भनेकी छन्, ‘म फिल्म उद्योग नराम्रो हो भन्ने सोच्दिनँ किनकि म पनि यसको हिस्सा हुँ । तर, एक अभिभावकको नाताले हेर्दा जानवीले विहे गर्दा म बढी खुसी हुन्छ । तर, मेरा भन्दा पनि जानवीको खुसी उत्तिकै महत्वपूर्ण छ र यदि उनी अभिनय गर्न चाहन्छिन् भने मलाई यो कुरामा गर्व छ ।’ श्रीदेवी र बोनी कपुरको जेठी छोरी जानवीले चाँडै बलिउडमा डेब्यु गर्ने भएकी छन् ।









