‘पुलिस अफ द मन्थ’ घोषित भए मोरङका प्रहरी हवल्दार विष्ट

काठमाडौं, जेठ ६ । मोरङका प्रहरी हवल्दार भक्तबहादुर विष्ट पुलिस अफ द मन्थ घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयले अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गरेका कारण जिल्ला प्रहरी कार्यालय, मोरङमा कार्यरत प्रहरी हवल्दार विष्ट ०७५ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

उनलाई १ नं प्रदेश प्रहरी कार्यालयले विष्टलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो । उनले मोरङमा भएका कर्तव्य ज्यान, गोली प्रहार, लुटपाट, चोरी जस्ता जघन्य प्रकृतिका अपराधहरूको सफल अनुसन्धान गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘विभिन्न प्रलोभनमा पारी सर्वसाधरणलाई ठगी तथा बैकिङ कसुरमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने र लागुऔषध ओसार पसार तथा भन्सार चोरी पैठारीका समानहरु बरामद गरी कारबाही गर्ने कार्य पनि उहाँले उत्कृष्ट कार्य गर्नु भएको छ’, प्रदेश प्रहरी कार्यालयले भनेको छ, ‘उहाँले गोप्य सूचना सङ्कलन गरी अपराध अनुसन्धान तथा नियन्त्रणमा उल्लेखनिय भूमिका निर्वाह गरेको हुँदा सम्पादित कार्यको कदर गर्दै यसको निरन्तरता एवं अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहन मिलोस् यो सम्मान दिइएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *