पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
२०७४ जेठ १५ गते

“
चितवन, जेठ ६ । नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको हो ।
पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








