आईपीएलबाट बैंग्लोरलाई बाहिर्याउँदै, राजस्थानले गर्यो महत्वपूर्ण जित हासिल

काठमाडौ, जेठ ५ । राजस्थान रोयल्ससँग ३० रनले पराजित भएपछि रोयल च्यालेन्जर्स बैंग्लोर इण्डियन प्रिमियर लिगको समूह चरणबाटै बहिरिएको छ ।

राजस्थानको भने सम्भावना छ ।

प्ले अफको सम्भावना कायमै राख्न बैंग्लोरले राजस्थानबाट १६५ रनको लक्ष्य पाएको थियो । तर, अन्तिम चार बल बाँकी छँदा बै विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो ।

उसको सुरुवात राम्रो रहेन । कप्तान विरोट कोहली ४ रनमा आउट हुँदा टिमको स्कोर मात्र २० रन थियो । तर, एबी डिभिलियर्सले पृथ्वी पटेलसँग मिलेर पारी सम्हाले ।

५५ रनको साझेदारी गरेका पटेल ३३ रनमा आउट भए । त्यसपछि भने लगातार विकेट गुमायो । छैटौं विकेटका रुपमा डिभिलियर्स ५३ रनमा आउट भएपछि उसको सम्भावना सकियो ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० आभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । २ रन जोड्दा ओपनर जोफ्रा आर्चर शून्यमै आउट भएका थिए ।

तर, राहुल त्रिपाठी र अजिक्या रहानेले ९९ रनको साझेदारी गर्दै राजस्थानको पारी सम्हाले । रहानेले ३३ रन बनाए ।

सञ्जु सामसोन शुन्यमै आउट भए । हेनरिक क्लासनले त्रिपाठीलाई साथ दिए । उनी ३२ रनमा आउट भए । त्रिपाठी ८० रनमा अनआउट रहे भने कृष्णप्पा गोथम १४ रनमा नटआउट रहे ।

जितपछि राजस्थानको १४ अंक भएको छ ।

शीर्ष स्थानमा रहेको सनराइजर्स हैदराबादको १६ र दोस्रो स्थानमा रहेको चेन्नइ सुपर किङ्ग्सको १६ अंक छ । दुबैले अन्तिम खेल अघि नै प्ले आफमा स्थान बनाएका छन् ।

अब दुई स्थानका लागि चार टिमको प्रतिस्पर्धा हुनेछ । कोलकत्ता नाइट राइडर्सको १४ अंक छ । उसले अन्तिम खेलमा सनराइजर्ससँग खेल्नेछ । यो खेल जितेमा कोलकत्ता अन्तिम चारमा पुग्नेछ भने हारले अन्य टोलीको खेलमा भर पर्नु पर्ने हुन्छ ।

समान १२ अंक भएको मुम्बई इण्डियन्स र किङ्गस इलाभेन पञ्जाब दुबैको पनि प्ले अफको सम्भावना छ । मुम्बईले दिल्ली डेयरडेभिल्स र पञ्जाबले चेन्नईसँग खेल्नेछ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *