करेन्ट लाग्दा जंगल गएका दुई युवतीको मृत्यु
२०७४ जेठ १५ गते

“
बागलुङ, जेठ ५ । बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँकोटका दुई युवतीको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिबार जंगलबाट स्याउला लिएर घर फर्कने क्रममा करेन्ट लागी २५ वर्षीया गुमा कँडेल र २० वर्षीया निशा कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज सिंह थापाले जानकारी दिएका छन् ।
हाइटेन्सन लाइनको पोलबाट विद्युत् प्रवाह भई करेन्ट लागेको प्रहरीले जनाइएको छ ।
बिहानै जंगल गएका युवती अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा दुवै मृतावस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घटनाको मुचुल्का उठाए पनि स्थानीयवासीले मृतकको शव उठाउन दिएका छैनन् ।
विद्युत् प्राधिकरणको चरम लापरवाहीका कारण घटना भएको उनीहरुको आरोप छ ।
मृतकका आफन्तले घटनाको जिम्मेवारी लिई प्राधिकरणले उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








