मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु

“
नवलपरासी, जेठ ५ । पश्चिम नवलपरासीको बर्दघाट त्रिवेणी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।
बर्दघाटबाट त्रिवेणी जांदै गरेको लु ३७ प १५७० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको लु १० प ४४३५ नंको मोटरसाइकल एक आपसमा ठोक्किदाँ दुर्घटनामा भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा बर्दघाट नगरपालिका १४ का १८ वषिर्य आशिष बीसी, बर्दघाट १६ का १८ वषिर्य अजित सिंह ठकुरी र बर्दघाट १६ कै सन्तोष न्यौपाने रहेका छन् ।
बीसी र न्यौपानेको पृथ्वीचन्द्र अस्पताल परासी र ठकुरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिएका छन् ।
दुर्घटनामा बर्दघाट १४ का २३ वषिर्य राजकुमार बीसी घाइते भएका छन् ।
उनको बुटवलको जेनस अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
“








