नायिका करिष्माको वानपिसले मच्चियो ‘तहल्का’

जेठ ५, काठमाडौं । सार्वजनिक स्थलमा सेलिब्रेटीहरुले लगाउने कपडाले निक्कै चर्चा पाउने गरेको छ । ५० को हाराहारीमा हिँड्दै गरेकी सदावहार अभिनेतृ करिष्मा मानन्धरको पहिरनले झन चर्चा नपाउने कुनै भएन ।

गत मंगलबार पनि अभिनेतृ करिष्माले लगाएको वानपिसले पनि निक्कै चर्चा पायो । उनको यो चर्चा सकारात्मक भन्दा नकारात्मक थियो । उनले लगाएको पहेँलो कलरको वानपिसले उनको जवानीलाई छोप्न सकेन । आफ्नै छोरी कविताले डेब्यु गर्न लागेको फिल्मको कार्यक्रममा गएकी करिष्माले यति छोटो कपडा लगाएकी थिइन् की उनलाई तल र माथी दुवैतिर छोप्न गाह्रो भइरहेको थियो ।

करिष्माको सुन्दरता छोरी कविता भन्दा कम थिएन । तर, उनले लगाएको पहिरनले भने ठाउँ छोड्दा माथि छोपे तल देखिने तल छोपे माथि देखिने अवस्था थियो ।

 सञ्चारकर्मीका अगाडी बसेकी करिष्माले कार्यक्रम अवधिभर आफ्ना लाजका गहना छोप्न मै ध्यान केन्द्रित गर्नुपर्यो । सेलिब्रेटीका हर्कतलार्इ नियाली रहेका मिडिया न परे, त्यसमाथि सुन्दरताकी खानी भनेर परिचित करिष्माको हर्कतलाई क्यामरामा कैद नगर्ने कुरै भएन ।

श्रीमान विनोद मानन्धरका साथ कुनै बेलाका एक्सन नायक शिव श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा छोरीलाई शुभकामना दिन पुगेकी करिश्माको विजोक भएको हो ।

करिष्माको आक्रोस फेसबुकमा

पहिरन तान्दै बसेको फोटोलाई केहि मिडियाले महत्वका साथ प्रकाशित गरेपछि आक्रोसित अभिनेतृले उक्त आक्रोस सामाजिक संजालमा प्रस्तुत गरेकी छिन् । सोहि तस्विरलाई हाल्दै उनले आफुले लगाएको पहिरन ७ वर्ष पुरानो र विशेषगरी अधबैंसे महिलाहरुले लगाउने गरेको बताएकी छिन् ।

उनले स्टाटसमा लेखेकी छिन् ‘यो परिहन झण्डै सात वर्ष पुरानो हो, यो विशेष गरि अधबैंसे महिलाहरुले लगाउने गर्छन् । तर खै के हो केहि मानिसहरुको आँखामा के जडान गरेको हुन्छ कुन्नि ?’

उनले सञ्चार माध्यममा लेखेको भाषा प्रति इङ्गित गर्दै भनेकी छिन् ‘पढ्नेलाई पनि अचम्म लाग्ने, अरु काम नै नपाए जस्तो !! अझ कबूले त ममी यस्तो GRAND MOTHER DRESS जस्तो नलगाउ भनिरहेको थियो ।

उनले फाेटाे कैद गर्ने सञ्चारकर्मीलार्इ इङ्गित गर्दै भनेकी छिन् ‘आफ्नो छाक टार्नको निम्ति कमसेकम कसैको नैर्सगिक अधिकारको बारेमा मौका पायो भन्दैमा हाँसो नउडाउँदा राम्रो हुन्थ्यो !! जस्तो उमेर भएपनि सुहाउनेले पो लगाउँछन् नसुहाउनेले के गर्छन् सायद त्यसैको उदाहरण दिएको होलान् , १० वर्षपछि म ५५ पुग्छु, अनी यो लेख्ने अनलाईनलाई यहि लुगा गिफ्ट गरुला है’

‘खबरदार ! जो कट्टुको फोटो खिच्न आतुर छन’

फेसवुकमा करिष्माले यस्तो स्टाटस हालेपछि एक फ्यानले उनलाई सपोर्ट गर्दै हाम्रो स्कर्टको लम्बाई निर्धारण गर्ने अनलाईनलाई समेत तपाई को ? भन्दै प्रश्न गरेकी छिन् । उनले उक्त लेखले महिला स्वतन्त्रता प्रति प्रहार गरेको बताएकी छिन् । सम्झना शाक्यले करिष्मालाई साथ दिँदै उक्त मिडियाका प्रधान सम्पादकले करिष्माको परिवारसँग माफि माग्नुपर्ने धारणा समेत राखेकी छिन् ।

यति मात्र हैन ति महिलाले सारा नेपाली सँग मिडियाले माफि नमागे उक्त मिडिया बहिस्कार अभियानमा सुरु गर्ने चेतावनी दिएकी छिन् ।
उनले यो हर्कत मानबअधिकार विरोधी, मानसिक र सामाजिक हिँसा समेत भएको तर्क गरेकी छिन् ।

सम्झना शाक्यले महिलाले बुर्खा, सारी, कुर्ता, लेहेंगा, धोती चोलो, वान पीस, स्विमङ सुट जे लगाएपनि उनीहरुको निजी कुरा भएको उल्लेख गर्दै भनेकि छिन् ‘खबरदार ति क्यामराहरुलाई जो स्कर्ट भित्र छिराएर कट्टुको फोटो खिच्न आतुर छन्, हामी महिलाहरु कामुक हैनौ, तिमीहरुको पित मानसिकता कामुक छ/चौबिसै घण्टा कलात्कारी मस्तिष्क लिएर महिलाहरुलाई पच्छ्याउँदै हिँड्ने जो जस सँग सम्बन्धित छ, ती मिडियाहरु हो, हामी नाङ्गिएका हैनौ, तिमीहरुले नङ्गाएका हौ’ भन्दै आक्रोस पोखेकी छिन् ।

उनले त्यस्ता मिडियालाई बहिस्कार गर्नपनि भनेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *