भिभो आइपिएलमा सन्दीपकाे उत्कृष्ट प्रदर्शनः रैनाकाे विकेट

एजेन्सी । भिभो आइपिएलको ५२ औं खेलमा दिल्ली डेरडेभिल्सका नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट खेल पस्कीइरहेका छन् । चेन्नाई सुपर किङ्ससँगकाे खेलमा बलिङ गर्न आएका सन्दीपकाे गुग्ली वलिङमा अाउट भए । आफ्नो तेस्रो ओभरको पहिलो बलमै सन्दीप रैनाको विकेट लिन सफल भए ।

खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो व्यक्तिगत पहिलो ओभरमा २ रन दिएका थिए । ६ बल नै शेन वाट्सनलाई बलिङ गर्दै सन्दीपले ५ डट बल फालेका थिए । खेलको १२ औं र आफ्नो दोस्रो ओभरमा भारतका दुई निकै अनुभवी ब्याट्सम्यान महेन्द्र सिंह धोनी र सुरेश रैनालाई बलिङ गर्दै ६ रन खर्चे ।

चेन्नाईको १३ ओभर १ बल को समाप्तीमा ३ विकेटको क्षतिमा ९० रन रहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रनको याेगफल तयार पारेको थियो । दिल्लीका लागि रिसभ पन्तले ३८ रन तथा अन्त्यमा हर्सल पटेल र विजय शंकरले समान ३६ रन बनाएका थिए ।

चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्कोतर्फ अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्ली भने ६ अंक सहित तालिकाको अन्तिम स्थानमा रहेको छ ।

यस भन्दा अघिल्लो खेलमा सन्दिप लामिछानेले डेब्यु गर्दै प्रभावकारी प्रदर्शन गरेका थिए । उनले भारतीय ब्याट्सम्यान पार्भिव पटेलको विकेट लिँदै ४ ओभरमा केवल २५ खर्चेका थिए । निकै प्रशंसा पाएका सन्दीपको सो खेलमा इकोनमी सबैभन्दा उत्कृष्ट पनि रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =