दिल्ली डेरडेभिल्सले चेन्नार्इलार्इ दियाे १ सय ६२ रनकाे लक्ष्य, चल्ला त सन्दीपकाे जादू !

एजेन्सी । भिभो आइपिएलको ५२ औं खेलमा आज दिल्ली डेरडेभिल्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रनको याेगफल तयार पारेको छ ।

दिल्लीका लागि लयमा रहेका रिसभ पन्तले ३८ रन बनाए । त्यस्तै अन्त्यमा विजय शंकर र हर्सल पटेलले अवजित ३६/३६ रन जोडे । ओपनरद्वय पृथ्वी श (१७ रन) र श्रेयस ऐयर (१९ रन) क्रिजमा धेरै समय जम्न सकेनन् भने ग्लेन म्याक्सवेल ५ रनमै आउट भएका थिए । चेन्नाईका लागि लुङि गिडीले २ विकेट लिए भने दिपर्क चहर, श्रदुल ठाकुर र रविन्द्र जडेजाले १/१ विकेट लिए ।

चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल जित्न सके चेन्नाई शीर्ष २ मा रहने पक्का हुनेछ । अर्कोतर्फ अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्ली भने तालिकाको अन्तिम स्थानमा रहेको छ । १२ खेलबाट दिल्लीको केवल ६ अंक रहेको छ ।

यस भन्दा अघिल्लो खेलमा पहिले ब्याटिङ गर्दै १ सय ८१ रन जोड्न सफल रहे पनि दिल्ली रोयल च्यालेन्जर्स बेंग्लौरसँग हार्न पुगेको थियो । सो खेलमा दिल्लीका लागि नेपाली स्पिनर सन्दिप लामिछानेले डेब्यु गर्दै प्रभावकारी प्रदर्शन गरेका थिए । उनले भारतीय ब्याट्सम्यान पार्भिव पटेलको विकेट लिँदै ४ ओभरमा केवल २५ खर्चेका थिए ।

सुरुवाती ११ मा केवल ४ विदेशी खेलाडी राख्ने नियम भएकाले पहिलो ११ खेलमा सन्दिपलाई सुरुवाती ११ मा स्थान बनाउन मुस्किल भएको थियो । तर बैंग्लोरविरुद्धको राम्रो प्रदर्शनपछि उनले फेरी टोलीमा स्थान बनाएका छन् ।

विश्वका दुई उत्कृष्ट खेलाडी विराट कोहली र एबी डि भिलियर्सलाई बलिङ गरेका सन्दिपले आजको खेलमा महेन्द्र सिंह धोनी, शेन वाट्सन र सुरेश रैनाजस्ता विश्वस्तरिय खेलाडीलाई बलिङ गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *