प्रधानमन्त्री केपी अाेली पेरिसडाँडा जानुकाे यस्ताे रहस्य !

“
जेठ ४ , काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक माओवादी जनयुद्धका शहीदलाई श्रद्धाञ्जली दिएका छन् । अाज साँझ तत्कालिन माअाेवादी केन्द्रकाे मुख्यालय पेरिसडाँडामा पुगेर अाेलीले जनयुद्धका शहीदहरूलार्इ श्रद्धाञ्जली दिएका हुन् ।
शुक्रबार साँझ हिजाे गठित नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र हाइकमाण्डका नेताहरुसँगै ओली पेरिसडाँडा पुगेका थिए ।
ओलीले पार्टी कार्यालय पुगेर जनयुद्ध स्तम्भमा माल्यार्पण गरी टाउको झुकाउँदा उपस्थित नेता कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए । ओलीलाई पेरिसडाँडामा पूर्व माओवादी कार्यकर्ताले खादा लगाएर स्वागत गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पुगेका ओली तत्कालीन माओवादीले जनयुद्धका शहीदहरुको स्मृतिमा स्थापना गरेको स्तम्भमा माल्यार्पण गरेर पार्टीकाे पदभार सम्हालेका हुन् ।
यस अघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहितको टोली धुम्बाराहीस्थित कार्यालयमा पुगेको थियो । उक्त कार्यालयमा कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रचण्डलाई स्वागत गरेको थियो ।
२०७२ सालको भूकम्पपछि नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको धुम्बाराहीमा दाहाल पहिलो पटक पुगेका हुन्। ओली र दाहाललाई पार्टी महासचिव विष्णु पौडेलले पुष्पगुच्छा दिएर स्वागत गरेका थिए । लगत्तै प्रचण्डलाई ओलीले पनि हातमा पुष्पगुच्छा दिएर स्वागत गरे।
ओली र दाहालले धुम्बाराहीस्थित तत्कालिन एमालेको पार्टी कार्यालयको निरीक्षण गरेका छन् । दुवै पार्टी कार्यालयको निरीक्षणपछि केन्द्रीय कार्यालयको टुंगो लगाउने तयारी भएकाे छ । अाेली पेरिसडाँडा विरलै गएका छन् । पेरिसडाँडामा दाहालसँगै अाेलीकाे उपस्थितिले कार्यकर्तामा खुसियाली छाएकाे थियाे ।
“








