चितवनमा बर्डफ्लु देखिएको पुष्टि
२०७४ जेठ १५ गते

“
भरतपुर, जेठ ४ । चितवनमा बर्डफ्लु देखा परेको पुष्टि भएको छ । खैरहनी–९ सुर्तनीका कुखुरापालक राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु देखा परेको हो ।
राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले बर्डफ्लुको पुष्टि गरेका हुन् । उनले केन्द्रीय प्रयोगशालाबाट बर्डफ्लु भएको पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार बिहिबारको मन्त्रिस्तरको निर्णयपछि फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम भइरहेको छ ।
बर्डफ्लु पुष्टि भएपछि खैरहनी–९ सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








