अब लिपिस्टिकबाटै जान्नुहोस् महिलाको स्वभाव

महिलाहरु प्रायः श्रृंगारमै रम्न चाहन्छन् । कति महिलाको त होडबाजी नै चल्छ कि को भन्दा को राम्री देखिने ? तपाईलाई थाहा छ महिलाको सौन्दर्य बढाउने मात्र होइन उनीहरुको चरित्र स्वाभावको धेरै राज खोल्छ लिपिस्टिकले ।

कुन रङको लिपिस्टिक लगाउने महिला कस्ता हुन्छन् ?

ब्लड रेड

जो महिला तिख्खर रातो वा ब्लड रेड (रातो रङ) को लिपिस्टिक लगाउन मन पराउँछन् त्यस्ता महिलाहरु मानिसहरुसँग घुलमिल हुन रुचाउँछन् । साथै मानिसहरुको आर्कषणको केन्द्र बन्न मन पराउँछन् । यस्ता महिलाहरु आत्मविश्वासी हुन्छन् ।

हॉट पिंक

हॉट पिंक कलरको लिपिस्टिक लगाउने महिलाहरु मेहेनती हुनुका साथै फूर्तिलो हुन्छन् । साथै यी महिलाहरु बुद्धिवान् पनि हुन्छन् । साथै यी महिलाहरु स्वार्थी र घमण्डी पनि हुन्छन् ।

वाइन रेड

वाइन कलरको लिपस्टिक लगाउने वा मन पराउने महिलाहरु बोल्ड हुन्छन् । उनीहरुलाई राम्राेसँग थाहा हुन्छ कि मानिसहरुको आफूतिर कसरी आर्कषित गर्ने तरिका ।

बेबी पिंक

बेबी पिंक कलरको लिपस्टिक लगाउन मन पराउने महिलाहरु बच्चा जस्तै नाजुक र आर्कषक हुन्छन् । उनीहरुको रंगीन र मनोरञ्जनात्मक व्यवहारले मानिसलाई आफूतिर आर्कषित गर्छन् ।

महरून कलर

महरून कलर मन पराउने वा लगाउने महिलाहरु निडर र धेरै मुडी स्वाभावका हुन्छन् । यस्ता महिलाहरु हरेक काम परफेक्ट तरिकाबाट गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छन् ।

कोरल कलर

कोरल कलर मन पराउने महिला जिम्मेवारी निभाउने र आफ्नो अधिकार लिन पनि पछि नहट्ने स्वाभावका हुन्छन् । यस्ता महिलाहरु मानिसहरुको बीचमा निकै सम्मानका साथ प्रस्तुत हुने गर्दछन् ।

ओरेन्ज कलर

जो महिला ओरेन्ज कलरको लिपिस्टिक मन पराउँछन् ति महिलाहरु आफ्नो करियरलाई लिएर ज्यादै लगनशिल हुन्छन् । यस्ता महिलाहरुलाई समाजमा निकै सम्मान दिने गरिन्छ ।

पर्पल

जो महिला पर्पल लिपस्टिक लगाउँछन् ती महिलाहरु अन्दाजमा धेरै काम गर्ने र धेरै मानिसको बीचमा बस्न रुचाउँछन् ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *