‘नलोभ्यौ ए साइली’ सार्वजनिक

कार्तिक २७, काठमाडौँ । गायक रनबहादुर खड्काकाे आधुनिक गीत ‘नलोभ्यौ ए साइली’को म्युजिक भिडियो सार्वजनिक भएकाे छ । धन प्रधानको शब्दरचनामा गायक स्वयम्को सङ्गीत रहेको गीतको म्युजिक भिडियो ज्ञानेन्द्र कोइरालाले निर्देशन गरेका छन् । रङ्गमञ्चको लामो अनुभव बटुलेका कोइराला पछिल्लो समय टेलिचलचित्र, लघु चलचित्र र म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका छन् । म्युजिक भिडियोले सार्वजनिक भएको छोटै समयमा नै दर्शक तथा श्रोताहरूको मन जितेको छ ।

पूर्वका दमक, रतुवालगायतका रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोमा दीपक बराल, भूमिका चौहान र जीवन थापाको जीवन्त अभिनय रहेको छ । भिडियोको छायाङ्कन तिलक रिजालले गरेका छन् भने तुलसी बाँस्कोटाको सम्पादन रहेको छ । भिडियोमा सन्देश मोतेले ड्रोन परिचालन गरी सुन्दर दृश्य खिचेका छन् । उक्त गीत गायक खड्काको ‘एभरग्रिन लभ’ एल्बममा समावेश छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =