यती कार्पेटमा आगलागी हुदा डेढ अर्ब भन्दा बढीको क्षति

भक्तपुर, असार ४ – भक्तपुर नगरपालिका–२ सल्लाघारी स्थित यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको आगलागीबाट डेढ अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको छ । राति साढे ११ बजेदेखि सुरु भएको आगलागी भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा काठमाडैा र ललितपुरका आठ दमकलबाट आठ घन्टापछि बिहान साढे ७ बजे नियन्त्रणमा आएको हो । आगलागीबाट एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको सामग्री क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगका व्यवस्थापक धर्मेन्द्र यादवले जानकारी दिनुभयो ।

उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा ट्रान्सफर्मर पड्किएर आगो लागेको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । आगलागीबाट उद्योगकै दुई वटा गाडी र पक्की भवन, जस्ताका पाँच टहरा र उद्योगसँगै जोडिएको सर्वसाधारणको एउटा पक्की भवन जलेर क्षतिग्रस्त भएको छ । सय जना मजदुर कार्यरत उद्योगमा राति ३५ जना कार्यरत भए पनि मानवीय क्षति भने नभएको यादवले बताउनुभयो ।

 

उद्योगसँगै रहेको बाटाको ट्रान्सफर्मर पड्केर आगो निस्किएर बलेको तारबाट कारखानामा आगलागी सुरु भएको थियो । कुनै पनि सामान निकाल्नै नमिल्ने गरी एकै पटक ठूलो आगो लागेको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *