अब खारेज हुने भयो मलेसिया जाने कामदारसँग लिइने अतिरिक्त शुल्क !

काठमाडौँ, जेठ ३ । वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरुले अतिरिक्त शुल्क तिर्दै आइरहेका छन् । अब भने श्रम मन्त्रालयले मलेसिया जाने नेपाली कामदारसँग लिने अतिरिक्त शुल्क खारेज गर्न पहल गर्ने भएको छ । सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि एकतर्फी रुपमा लगाउँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने तयारी गरेको हो । साथै श्रम मन्त्रालयले भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्ने समेत बताएको छ ।

श्रम मन्त्री गोकर्ण विष्टले भने, मलेसियामा नयाँ सरकार बनेकाले नेपालको पहललाई सकारात्मक रुपमा लिने विश्वास रहेको छ ।

उनका अनुसार,  यस्ता शुल्कहरुलाई नेपालको कानुनले पनि निशेष गरेकाले कानुन बमोजिम नै यसलाई खारेज गरिनेछ ।

अन्य खाडी मुलुक जाने कामदारमाथि लगाइएका शुल्क पनि खारेज गर्न पहल सुरु हुनुका साथै त्यसको खारेजीका लागि पहल थालिएको केही समयमा परिणाम आउने मन्त्री विष्टको भनाइ छ ।

मलेसिया जाने नेपाली कामदारहरुले भिसा शुल्क, मेडिकल, भिसा प्रक्रिया लगायत विभिन्न नाममा विभिन्न संघ–संस्थालाई अतिरिक्त शुल्क बुझाउँदै आएका छन् ।

झण्डै पाँच वर्षअघिदेखि मलेसियन सरकारकै संरक्षकत्वमा यी संस्थाले नेपाली कामदारबाट अतिरिक्त शुल्क असुल्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *