पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध,पहिरो पन्छाउने काम सुरू

काठमाडौं, जेठ ३ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार बिहान ५ बजेर ४५ मिनेटमा सडकमा पहिरो खसेको हो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ ।

विस्तार गरिँदै गरेको त्यो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ । बाटो बन्द हुँदा दर्जनौ गाडीका सायौ यात्रु अलपत्र परेका छन् । पानी परिरहेकाले थप समस्या भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *